महामारीमा मुटुरोगीलाई सित्तैँ सल्लाह
कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या दिनहुँ बढ्दो छ । अस्पताल तथा स्वास्थ्य संस्थाहरु कोरोना संक्रमितले भरिएका छन् । अन्य रोगका बिरामी अस्पताल जान सक्ने अवस्था छैन । निजी क्लिनिक समेत बन्द भएपछि दीर्घकालीन रुपमा औषधी खानुपर्ने र नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बिरामीहरु मर्कामा परेका छन् ।
विशेषगरी निषेधाज्ञा र महामारीका कारण अहिले अन्य दीर्घरोगका बिरामीझैँ मुटुरोगीहरु पनि अप्ठेरोमा परेका हुन् । यस्तो विषम परिस्थितिमा अस्पताल नगई घरबाटै आवश्यक सल्लाह लिन वरिष्ठ मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलले सबैलाई अनुरोध गर्नुभएको छ ।
डा.अनिलले मुटुसँग सम्बन्धित समस्याबारे तत्काल केही परामर्श लिन परेमा सामाजिक सन्जाल व्हाट्सएपमार्फत् सोधनी गर्न अनुरोध गर्नुभएको हो ।
उहाँले दैनिक धेरै वटा प्रश्नको उत्तर दिनुपर्ने भएकाले व्हाट्सएप मार्फत् सल्लाह लिन सम्बन्धित सबै बिरामी वा उनका आफन्तलाई आग्रह गर्नुभएको हो । महामारीबाट बचेर आफ्नो रोगको निदान गर्न उहाँले उक्त उपाय नै सुुरक्षित भएको बताउनुभएको छ ।
टिप्पणीहरू