मंगोलियाले पनि बुध्द जयन्तीमा बिदा दियो
मंगोलियाले पनि बुध्द जयन्तीको उपलक्ष्यमा राष्ट्रिय बिदा घोषणा गरेको छ ।
२५६५ औं बुध्द जयन्तीको दिन आज मंगोलियामा पनि नेपालमाझैँ सबै सरकारी कार्यालय बिदा गरिएको छ । मंगोलयाले गत वर्षको बुध्द जयन्तीका दिनदेखि यो बिदा दिन थालेको बताइएको छ ।धेरै बौध्द धर्मावलम्बी भएपनि मंगोलियमा केही वर्ष अघिसम्म बौद्ध धर्म र भगवान बुद्धबारे सरकारी तवरबाट खासै प्रचार गरिएको थिएन ।
अहिले नयाँ पुस्तासमेत यो धर्मप्रति झुकाव राख्न थालेको राजधानी उलानबटोर निवासी एकजना सरकारी अधिकारी बायर्माले जनआस्थालाई जानकारी दिइन् ।
टिप्पणीहरू