राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने समातिए,प्रहरी प्रवक्ता भन्छन्-हैन होला

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने समातिए,प्रहरी प्रवक्ता भन्छन्-हैन होला

संसद विघटनबिरुद्ध राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने समूहलाई अहिले बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी चोक नजिक संसद विघटन गरेको बिरोधमा नेपाल विद्यार्थी संघ र नेपाल दलित विद्यार्थी संघले संयुक्त रुपमा पुत्ला दहन गरेका हुन् ।

पुत्ला जलाउनेमा सहिद आदर्श कलेज भद्रवाससका नेविसंघ अध्यक्ष निराजन नेपाल र नेपाल दलित विद्यार्थी संघ केन्द्रीय अध्यक्ष राजु सुनारसहित १०/१२ जना रहेको र तिनलाई महानगरीय प्रहरी बृत्त बौध्दले नियन्त्रणमा लिएको बताइन्छ ।

यसवारे काठमाण्डौका प्रहरी प्रवक्ता रमेशकुमार बस्नेतसङ्ग बुझ्न खोज्दा उनले आज बौध्द जयन्ती विदाको दिन कसले जुलुश निकाल्यो होला र भनी आश्चर्य प्रकट गरे ।

टिप्पणीहरू