कसैलाई के धन्दा, घरज्वाईंलाई खानकै धन्दा भनेझैँ….

मुलुकमा कोरोना महामारी व्याप्त छ । शहरबाट गाउँ गाउँमा संक्रमण फैलँदो छ । निषेधाज्ञा र महामारीले सर्वसाधारणको दैनिकी उल्टो हुन थालेको छ ।
यहि मौकामा राहत र सहयोगको नाममा थरिथरिका दृश्य देखिन थालेका छन् । केही बहालरत र पूर्व मन्त्रीहरुले फोटो टाँसेर अक्सिजनको सिलिण्डर वितरण गरेका छन् भने केही राजनीतिक दल र तिनका कार्यकर्ताले यहि बेलामा पानीको जार सेट वितरण गरेका छन् ।
कोरोनाबाट जोगिन सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र तोकिएको स्वास्थ्य मापदण्डको पालना गर्न राज्यले आग्रह गरेको छ ।
तर, महामारीमा पानीको जार सेट वितरण गर्न काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित कार्यक्रममा न आयोजकले त्यसको पालना गरेका छन्, न सर्वसाधारणले ।
टिप्पणीहरू