१६ करोड बढि संक्रमित हुँदा कोरोना जित्ने १५ करोड नाघे
पछिल्लो समय महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट हालसम्म विश्वभर १६ करोड बढि संक्रमित भएका छन् ।
जोह्न हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म १६ करोड ९० लाख ९१ हजार ३ सय ६८ जनामा संक्रमण फेला परेको छ ।
त्यसैगरी विश्वभर १५ करोड ७ लाख २२ हजार २ सय ६६ जनाले कोरोनालाई परास्त गरेका छन् । पछिल्लो आँकडाअनुसार ३५ लाख १२ हजार ४ सय ८१ जनाको ज्यान गएको छ ।
योमध्ये कोरोना परीक्षण नै नगराई निको भएकाको संख्या अझै धेरै हुनसक्ने विज्ञहरुले बताएका छन् ।
कोरोना पुष्टि भएकामध्ये निको हुनेको दर ८९ दशमलव १३ प्रतिशत रहेको छ । विश्वमा अझै १ करोड ४७ लाखभन्दा धेरै कोरोना सक्रिय संक्रमित छन् ।
टिप्पणीहरू