अमेरिकी राष्ट्रपति बाइडेन कोरोनाको उत्पत्ति खोज्नतिर लागे

अमेरिकी राष्ट्रपति बाइडेन कोरोनाको उत्पत्ति खोज्नतिर लागे

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना गुप्तचर एजेन्सीहरूलाई कोरोना भाइरसको उत्पत्तिबारे थप अध्ययन र अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

बाइडेनले कोरोना भाइरस उत्पत्तिको सम्बन्धमा थप अध्ययन र अनुसन्धान गरेर ९० दिनभित्र रिपोर्ट बुझाउन आदेश दिएका हुन् ।

कोरोना भाइरस चीनको कुनै एउटा प्रयोगशालाबाट उत्पन्न भएको हो वा संक्रमित जनावरबाट मानिसमा सरेको भन्नेबारे अमेरिकी गुप्तचर संस्थाहरू नै विभाजित छन् ।

चिनियाँ अधिकारीहरूले सबैभन्दा पहिले कोरोना भाइरस वुहानको समुद्री माछा र जीवजन्तु बिक्री हुने बजारबाट उत्पन्न भएको आशंका गरेका थिए । वैज्ञानिकहरूले पनि उक्त भाइरस जनावरबाट मानिसमा सरेको हुनसक्ने बताउँदै आएका छन् ।

टिप्पणीहरू