वर्षा लागेपछि विकास निर्माणको गति,टिकाउचाँहि कति ?
काठमाडौं नागार्जुन नगरपालिकाको वडा नं. ५ मा विकास निर्माणको काम जोडतोडले भइरहेको छ । वडाध्यक्ष महेश रिमालले कोरोना महामारीमा पनि आफ्नो वडामा विकास निर्माणले गति लिएको बताउनुभएको छ ।
नागार्जुन नगरपालिकाको सबै वडामा समान विकास निर्माण भएको बताउँदै उहाँले वडा नं. ५ मा भने सबैभन्दा छिटो भएको दाबी गर्नुभएको छ । उहाँका अनुसार गत वर्षभन्दा यो वर्ष सडक,विद्युत, ढल,खानेपानीलगायतका धेरै वटा विकास निर्माणका कार्य भएको छ ।
विगतमा यसैगरी वर्षा शुरु भएपछि हुने विकास निर्माणको गुणस्तरलाई ध्यानमा राखेर जेठ १५ गते बजेट भाषण गरी ढिलोमा कात्तिकदेखि चैतसम्ममा सडकलगायत सबैजसो विकास निर्माणको काम सिध्याइने योजना बनाइएको हो ।
तर,अहिले पनि बैशाख,जेठपछि मात्रै विकास निर्माणका कामले प्राथमिकता पाउने क्रमले भने राजधानीमै पनि निरन्तरता पाइरहेको छ । अन्त र यो वडाको भिन्नता के हो भने यहाँ जनता र जनप्रतिनिधिले हातेमालो गरेका छन् । एकार्काको भर परेका छन् ।
-अभी श्रेष्ठबाट
टिप्पणीहरू