उपत्यकामा भोलिदेखि निषेधाज्ञा थप कडा,केही किन्नुपरे यी नम्बरमा सम्पर्क गर्नु

उपत्यकामा भोलिदेखि निषेधाज्ञा थप कडा,केही किन्नुपरे यी नम्बरमा सम्पर्क गर्नु

कोरोना महामारी न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले थप गरेको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरिएको छ ।

तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले माछा–मासु,दूध, तरकारीका लागि बिहान ९ बजेसम्म पसल खोल्न दिइने तर खाद्यान्न पसलहरूमा भीड बढेको भन्दै एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनले गरेको उक्त निर्णयको चौतर्फी आलोचना भएपछि एक साताको अवधिमा खाद्यान्न किन्न परेमा काठमाडौं जिल्ला प्रशासनले केही नम्बर उपलब्ध गराएको छ ।

खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् तत्काल बिक्रीको निम्ति उपलब्ध गराउने प्रशासनले जनाएको छ ।

प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका केही सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दको सम्पर्क नम्बर ९८५१३२०३१४, सोही कार्यालयका विभागीय प्रमुख भीमबहादुर थापाको ९८५११३६७८५ र प्रादेशिक प्रमुख, थापाथलीका ज्ञानु थापाको ९८५११२७८८ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको ९८५१०२२५६४, नायब कार्यकारी अधिकृत कुमार राजभण्डारीको ९८५१०३३३०३, विभागीय प्रमुख सबल रिजालको ९८५१११३६६० र अधिकृत प्रज्वल प्रधानको ९८४१३३२९९०, ९८१३२७२५६३ मा सम्पर्क गरेर आफूलाई अत्यावश्यक परेको खाद्यान्नको जोहो गर्न सकिने छ ।

टिप्पणीहरू