आज कस्तो बन्ला संबैधानिक इजलास ?
आजको संवैधानिक इजलास ज-जसको बने पनि प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा आवश्यक कागजात झिकाउन आदेश हुनसक्ने बताइन्छ । इजलासमा को को रहने भन्ने निर्णयचाँहि प्रधान न्यायाधीशको अधिकार रहेको एक जना श्रीमानले बताउनुभएको छ ।
गत पुसको संसद विघटनविरुद्ध मुद्दामा जसरी पहिले गठन भएको संवैधानिक इजलासले अढाई महिनासम्म उक्त मुद्दालाई हेरेको थियो अहिले त्यस्तो नहुने भन्नेहरु पनि छन् । हरिकृष्ण कार्की शुरुमा रहेर बहस शुरु भए पनि पछि उहाँको ठाउँमा हेरफेर गरिएको थियो ।हिजोको दिनमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठ उक्त विषयमा अल्पमतमा परेपछि प्रधानन्यायाधीशले नै छान्नुपर्छ भनेर उहाँहरुले १० जनाको रोस्टर बनाउनुभएको थियो ।
खिलराज रेग्मी मन्त्रीपरिषद्को अध्यक्ष बन्न मिल्छ कि मिल्दैन भन्ने विषयमा परेको रिटमाथि गठन भएको संवैधानिक इजलासमा श्रेष्ठ र कार्की एकातिर र गोपाल पराजुलीहरु अर्कोतिर भएर अल्पमतको अवस्था देखिएको थियो । पहिले संविधानमा त्यस्तो इजलास गठनमा बरिष्ठताको आधारमा १ देखि ५ भनेर संविधानमै लेखिएको थियो ।
कार्कीको पालामा १० जना न्यायाधीशको रोष्टर बनाउने, त्यसैबाट संवैधानिक इजलास गठन गर्ने भन्ने व्यवस्था भएको हो । अहिले १२ जनाको रोष्टर बनाउने भनिएको छ ।
जसमा वरिष्ठताको आधारमा संवैधानिक इजलास गठनको लागि रोष्टरमा रहनुभएका न्यायाधीशहरुमा प्रधानन्यायाधीश राणा, त्यसपछिका न्यायाधीशहरु क्रमशः दीपक कार्की,मीरा खड्का, हरिकृष्ण कार्की,विश्वम्भर श्रेष्ठ,ईश्वर खतिवडा, डा.आनन्दमोहन भट्टराई,अनिल सिन्हा,प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल,तेजबहादुर केसी,बमकुमार श्रेष्ठ हुनुहुन्छ ।
टिप्पणीहरू