पूर्वमा पत्रकारिताका पिलरको प्राणान्त
नेपाल सरकारले गठन गरेको विज्ञापन प्राधिकरणका सदस्य तथा ब्रोडकास्टिंग एशोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको आज बिहान कोरोना संक्रमणबाट निधन भएको छ ।
उनी बिराटनगरको बिराट मेडिकल कलेजको कोभिड उपचार केन्द्रमा भेन्टिलेटरमा उपचाररत थिए । सुनसरीको ईटहरी उपमहानगरपालिका घर भएका ५० बर्षीय न्यौपानेको अहिले बिहान साढे ८ बजेतिर निधन भएको अस्पतालले जनाएको छ ।
सिकिस्त बिरामी रहेका उनकालागि कलकत्ताबाट फोक्सो सुधार हुने क्यान्सरको औषधी ल्याएर बिहिबार उपचार थालिएको थियो । गत बर्ष काङ्ग्रेसका नेता मीन बिश्वकर्मा पनि योभन्दा सिकिस्त पोजिसन मा झण्डै १५ दिन भेन्टिलेटरमा राखेर उपचार गरेपछि निको भएका थिए ।
तर अध्यक्ष न्यौपाने भने फर्कन सकेनन् । न्यौपाने लामो समयदेखि ईटहरीस्थित सप्तकोशी एफएमका स्टेशन म्यानेजर थिए ।
जनआस्था परिवारको तर्फबाट हार्दिक श्रध्दान्जली । परिवारजनमा समवेदना ।
टिप्पणीहरू