सिकिस्त बिरामीसँग फोटो सेशन,मानवीय संवेदना खै ?

सिकिस्त बिरामीसँग फोटो सेशन,मानवीय संवेदना खै ?

जताततै फोटो खिच्ने र सेल्फी लिने प्रचलनले आममानिसमा मानवीयता सकिँदै गएको देखाएको छ । घाटदेखि अस्पतालसम्म,धर्मकर्मदेखि राहत वितरणसम्म फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने काममा राजनीतिक नेता, कार्यकर्तासमेत देखिन थालेका छन् ।

अस्पतालजस्तो जीवन र मरणको दोसाँधमा उपचाररत अवस्थाका बिरामीलाई फुल्याउने नाममा दिइने केही प्याकेट चाउचाउ र जुस हस्तान्तरणको समेत फोटो सेशन गर्ने प्रवृतिले पीडित व्यक्ति र समूहलाई सहयोगभन्दा आहत बढी दिएको प्रष्ट हुन्छ ।

सामाजिक सञ्जालबाट प्राप्त यो तस्बिरमा पनि कुनै जनप्रतिनिधिले मरणासन्न अवस्थामा उपचाररत बिरामी र उनका आफन्तलाई अस्पतालको बेडमा पुगेर एक प्याकेट जुस हस्तान्तरण गरेको देखिन्छ ।

यसबाट उनीहरुमा बिरामीको चिन्ताभन्दा भोलिको निम्ति भोट बटुल्ने उद्देश्य निहीत रहेको प्रष्ट हुन्छ ।

यस्तो अवस्थाको फोटो खिच्ने र सामाजिक सञ्जाल रंगाउने प्रवृत्तिलाई राहत वितरणको नाममा अमनवीयताको पराकाष्ठा हो भन्न सकिन्छ ।

टिप्पणीहरू