सप्तरीमा आइलागेको थप सकस

सप्तरीमा आइलागेको थप सकस

सप्तरी जिल्ला अदालतले कोभिड १९ को संक्रमण देशैभरि व्यापक रुपमा विस्तार भइरहेकोले अदालतबाट प्रदान गरिने नियमित न्यायिक सेवाहरु यथास्थितिमा रहने गरी स्थगित गरिएको छ ।

कोरोनाबाट अदालतमा कार्यरत केही कर्मचारी,कानून व्यवसायी र सेवाग्राहीहरुसमेत संक्रमित भएकोले सेवा स्थगनको अवधि बढाउनु परेको हो । यो अवधि जेठ २१ गतेसम्म राखिएको छ । स्थगनको सूचना जेठ १४ गते शुक्रवार निमित्त स्रेस्तेदार नवराज खडकाले जारी गरेका हुन् ।उच्च अदालत र सप्तरी बार एशोसिएशन इकाईले जिल्ला अदालत सप्तरीलाई कोरोनाको कारण नियमित मुद्दाको काम काम संकुचन गर्न अनुरोध गरेपछि स्थगन गरिएको हो । संकुचनको दायरामा समेट्न नसकिने सेवाहरु भने निरन्तर प्रवाह गर्ने व्यवस्थासमेत मिलाइएको छ । स्थगन नभएका सेवाहरुमा पक्राउ पूर्जी अनुमति,जारी,समर्थन,म्याद थप र कल डिटेलसम्बन्धी अनुमति लिने कार्य अनिवार्यरुपमा अनलाइन वा भिडियो कन्फ्ररेन्समार्फत् नियमित गर्ने गराउने यसका साथै अभियोगपत्र दर्ता गर्ने,पक्राउ परी आएका अभियुक्तको बयान लिने र थुनछेक आदेशसम्बन्धी सेवा भने प्रदान गरिने छ ।

त्यसैगरी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ बमोजिमको मुद्दा, बालबालिका र कोभिड १९ सँग सम्वन्धी मुद्दामामिलाहरु पनि निवेदन मुद्दाहरु दर्ता तथा सुनुवाई गर्ने व्यवस्था मिलाइएको छ ।

टिप्पणीहरू