९६ बर्षकी हजुरआमासङ्ग हार्यो कोरोना
कोरोना महामारीको संक्रमण र मृत्युदर घटिरहँदा म्याग्दीकी एक बृध्दा कोरोनालाई परास्त गरेर घर फर्किएकी छन् ।
रघुगङ्गा गाउँपालिका–४,दग्नाम निवासी ९६ वर्षीया इनरुपी देवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी हिजो कोरोना संक्रमणबाट मुक्त हुनुभएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभएको छ ।
अधिकारीका अनुसार एक हप्ताअघि संक्रमणको कारण श्वासप्रश्वास,ज्वरोलगायतका समस्या देखिएपछि पुनलाई अस्पताल भर्ना गरिएको थियो । हाल जिल्लामा २ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रजिअ अधिकारीले जिल्लाको कोभिड अस्पतालमा ९ जना र जिल्ला बाहिर २४ जनाले संक्रमणका कारण ज्यान गुमाएको पनि बताउनुभएको छ ।
टिप्पणीहरू