जावलाखेल भलिबल क्लबका म्यानेजर ‘आइस ड्रग’ सहित पक्राउ
जावलाखेल भलिबल क्लबका म्यानेजर अनुप श्रेष्ठसहित तीन जना लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका छन् ।
लागुऔषध कारोबारमा संलग्न रहेको भनिएका श्रेष्ठले पहिलेदेखि नै सोको सेवन,ओसारपसार तथा बेचबिखन समेत गर्ने गरेको बताइएको छ ।
ठोस प्रमाण नहुँदा प्रहरीको फन्दाबाट बच्दै आएका श्रेष्ठसहित तीन जनालाई आज रंगेहात पक्राउ गरेको महानगरिय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले बताउनुभएको छ ।
बज्राचार्यका अनुसार श्रेष्ठको साथबाट ‘पार्टी ड्रग’ मानिने महँगो एम्फेटामाइन (आइस),विभिन्न परिचय नखुलेका औषधी,जोख्ने तराजु,प्याकिङका लागि राखिएका प्लास्टिक र ५० हजार रुपैयाँ बरामद भएको छ ।
गोप्य सूचनाका आधारमा श्रेष्ठको कोठामा छापा मार्ने क्रममा त्यहाँ रहेका अमृता खड्का र परदु गुरुङ समेत पक्राउ परेका छन् ।
टिप्पणीहरू