हिजो को कहाँ छिरे,बालुवाटार र लैनचौरमा जाने को-को थिए ?
कोरोना महामारी र कडा निषेधाज्ञाबीच पनि राजधानी काठमाडौंमा नेताहरुको दौडधुप अरु बेलाको भन्दा कम देखिँदैन । सोमबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो दौडिँदै बिहान साढे १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास छिरेका थिए ।
मन्त्रीमण्डलमा सहभागी हुनेदेखि आगामी चुनावमा सँगै जानेसम्मको सहमति गरेर उनीहरु पौने २ बजे तीन नम्बर गेटबाट बाहिरिए । बालुवाटारको छलफलमा सत्तापक्षको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली,उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल अनि जसपाको तर्फबाट ठाकुर र महतो मात्रै सहभागी भएको बताइन्छ ।
ठाकुर र महतोहरु निस्केपछि लगत्तै सुवास नेम्वाङ,रामबहादुर थापा बादल र लेखराज भट्ट बालुवाटार छिरेको स्रोतको दाबी छ । हिजै काँग्रेस नेता प्रदिप गिरी र एकजना चर्चित पत्रकारसमेत लैनचौरस्थित खानी तथा भूगर्भ विभागलाई बायाँ बनाएर दूतावास मार्गमा हुईंकिएको देखियो ।
अघिल्लो आइतबार विपक्षी गठबन्धनका नेताहरु सिंहदरबारमा हस्ताक्षर संकलन गरिरहेको बखत नागपोखरीस्थित होटल मेरियटमा बालुवाटार पक्षले एमालेको नेपालपक्षीय भनेर चिनिएका नेताहरुसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो ।
त्यसक्रममा संसद पुनर्स्थापना भएमा समेत प्रधानमन्त्री ओलीको पक्षमा एमालेका १ सय ५ जना पुग्ने आँकलन गरिएको थियो । त्यो बाहेक २० जना जसपा,१ जना राप्रपा र १ जना नेमकिपाका सांसदहरु पनि आफ्नै पक्षमा हुने बताइएको स्रोतले दाबी गरेको छ ।
टिप्पणीहरू