माधव नेपालसँग प्रचण्डको भेट
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दुई नेताबीच कोटेश्वरमा डेढ घण्टा योप्य भेटवार्ता भएको हो ।
हिजो साँझ अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेपछि त्यसबारे छलफल गर्न डाकिएको स्थायी समिति बैठक बस्नुपूर्व नेता नेपालले प्रचण्डसँग भेटवार्ता गर्नुलाई चासोका साथ हेरिएको छ ।
दुई नेताबीच ओलीको प्रस्ताव, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा हालिएको रिटलगायतका विषयमा छलफल भएको बुझिएको छ । नेता नेपाललाई भेटेर अध्यक्ष प्रचण्ड भर्खरै काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्न बुढानीलकण्ठतर्फ लाग्नुभएको बताइएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सार्नु भएको एकता प्रस्तावमा नेपाल समूहका सांसदहरुले अदालतमा दर्ता गरेको रिटमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखिएको छ ।
टिप्पणीहरू