माओवादी केन्द्रद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

माओवादी केन्द्रद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेकपा (माओवादी) केन्द्रले सबै प्रदेशमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड १९ विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामाग्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इञ्चार्जमार्फत् सबै प्रदेशका लागि हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरु चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग र संगठनबाट प्राप्त भएको जनाइएको छ । सामाग्रीहरुमा एन ९५ मास्क, अक्सिजन कन्सन्ट्रेटर, एन्टिजेन, थर्मल गन, अक्सिमिटर, भरेको र रित्तो अक्सिजन सिलिण्डर, पिपिइ सेट, सर्जिकल पञ्जा, सेनिटाइजर, फेस सिल्ड, केएन ९५ मास्क रहेका छन् ।

आज ९२ जनाको निधन, ४ हजार ४ सयमा पुष्टि हुँदा झण्डै ७ हजार संक्रमणमुक्त कोरोनाबाट आज ९२ जनाको ज्यान गएको छ भने ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १२ हजार २ पीसीआर तथा ५ हजार ९ सय १ जनामा एन्टिजेन गरी १७ हजार ९ सय ३ जनामा परीक्षण गरिएको थियो ।

आज ६ हजार ९ सय ५१ जना संक्रमणमुक्त भएका छन् । यो संख्या आज संक्रमण भएकाभन्दा २ हजार ४ सय ७९ जना बढी हो ।

हालसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ९० पुगेको छ । त्यस्तै, आज ८६ हजार ६ सय ४६ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू