आज लडेर र डुबेर ४ को मृत्यु, दुईको शव फेला

आज लडेर र डुबेर ४ को मृत्यु, दुईको शव फेला

भीरबाट लडेर एक जना र खोलामा डुबेर दुई जनाको ज्यान गएको छ । त्यसैगरी दुई जना मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेको तिमाल गाउँपालिका–२ चुखाका माईला तामाङकी छोरी १५ वर्षीया सुस्मिता तामाङको भीरबाट लडेर आज बिहान मृत्यु भएको हो । सोही ठाउँस्थित ठूलो भीरमा घाँस काट्न जाँदा लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का ६६ वर्षीय शिवबहादुर नेपालीको स्थानीय काफ्लेस्थित बाटोबाट लडेर बिहीबार बिहान मृत्यु भएको छ । घरबाट करिब २ किलोमिटर टाढा आफन्तको घरमा किरिया पुत्री कुर्न जान्छु भनि हिँडेकोमा बाटोबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–४ बगैंचा टोलमा डेरा गरी बस्ने खोटाङ साकेला गाउँपालिका–५ की ३६ वर्षीया सुनिता राई आफ्नै कोठामा बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै, दाङको घोराही उपमहानगरपालिका–१५ सुष्मा रोड बस्ने २१ वर्षीया डिला भण्डारी आफ्नै घर अगाडि रहेको पानी ट्याङ्कीमा डुबेको अवस्थामा आज मृत फेला परेकी हु्न् ।

टिप्पणीहरू