छिमलिएको हाँगो लागेर मरेका राईको परिवारलाई पाँचलाख क्षतिपूर्ति

छिमलिएको हाँगो लागेर मरेका राईको परिवारलाई पाँचलाख क्षतिपूर्ति

उदयपुर त्रियुगा नगरपालिका-७ बागेश्वरी सामुदायिक बन उपभोक्ता समितिको रुख काट्ने क्रममा मृत्यु भएका सरोज राईको परिवारले क्षतिपूर्तिस्वरुप पाँच लाख रुपैयाँ पाउने भएको छ ।

मृतकको परिवारले दुई दिनसम्म शव नउठाइकन क्षतिपूर्ति माग गरेपछि बन उपभोक्ता समितिले सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । राईको मृत्युपछि उपभोक्ता समितिका पदाधिकारीविरुद्ध कामदारहरुलाई सुरक्षा सामग्री उपलव्ध नगराएको र लापर्वाहीका साथ काम लगाएको आरोप लागेको थियो ।

परिवार र समितिका पदाधिकारीवीच तत्कालै दुई लाख रुपैयाँ उपलव्ध गराउने र सद्गतपछि बाँकी तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ । यो सहमतिपछि मंगलबार मृतक राईको शव सद्गतको लागि खोटाङ हलेसी तुवाचुङ ८ धितुङतर्फ लगिएको छ । राईको आइतबार रुख काट्ने क्रममा छिमलिएको हाँगोले लागेर घटनास्थलमैं मृत्यु भएको थियो ।

टिप्पणीहरू