राष्ट्र संघीय शान्ति मिशनमा नेपाली सेनाको योगदान तेस्रो
संयुक्त राष्ट्र संघ (युएन) मा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा रहेको छ । कुल ५ हजार ६ सय ८६ फौजसहित नेपाल तेश्रो स्थानमा रहन सफल भएको हो ।
युएन मिसनमा खटिने सुरक्षा फौजको सूचीमा बंगलादेश पहिलो स्थानमा छ भने अफ्रिकी मुलुक इथियोपिया दोस्रो, चौथोमा रुवाण्डा, पाँचौंमा भारत र छैटौंमा पाकिस्तान रहेका छन् ।
हालसम्म नेपालका ५ हजार ६ सय ८६ सैनिक शान्ति स्थापनाका लागि विश्वका विभिन्न मुलुक र क्षेत्रमा खटिएका छन् । तीमध्ये ५ हजार ३ सय ६२ पुरुष र ३ सय २४ महिला सुरक्षाकर्मी हुन् ।
पहिलो नम्बरमा रहेको बंगलादेशले ६ हजार ६ सय २६, दोस्रोमा रहेको इथियोपियाले ६ हजार १ सय १३ ,रुवाण्डाले ५ हजार ६ सय ४, भारतले ५ हजार ५ सय ४८ र पाकिस्तानले ४ हजार ५ सय १६ जना सुरक्षाकर्मी शान्ति स्थापनार्थ खटाइसकेको छ ।
नेपाली सेनाका अनुसार नेपालले अहिलेसम्म ४३ वटा शान्ति मिशनमा भाग लिइसकेको छ भने हाल राष्ट्र संघबाट ११ वटा देशमा सञ्चालित १२ वटा शान्ति मिशनमा सहभागिता जनाइरहेको छ ।
राष्ट्र संघले सन् १९५८ देखि हालसम्म १ लाख ३५ हजार ३ सय ४३ जनालाई शान्ति मिशनहरुमा सहभागी गराएको छ । तीमध्ये १ हजार ५ सय ५० जना महिला हुन् ।
नेपालले सन् १९५८ मा पहिलो पटक लेबनानमा ५ जना सैनिक पर्यवेक्षक पठाई शान्ति स्थापना कार्यमा सहभागिता जनाएको थियो ।
टिप्पणीहरू