बेलायतमा कोरोनाको तेस्रो लहरको आशंका, संक्रमणको ८० प्रतिशत शहरमा

बेलायतमा कोरोनाको तेस्रो लहरको आशंका, संक्रमणको ८० प्रतिशत शहरमा

बेलायतमा कोरोना महामारीको तेस्रो लहर शुरु भइसकेको आँकलन गरिएको छ । तेस्रो लहर शुरु भएसँगै ८० प्रतिशतभन्दा बढी शहरमा संक्रमितको संख्यामा बढोत्तरी देखिएको छ ।

बेलायतमा गत साता मात्रै संक्रमितको संख्या फेरी ह्वात्तै बढेको छ । पछिल्लो पटक ६१ हजार १ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । यो साता संक्रमितको संख्या फेब्रअरी महिनापछि पहिलो पटक प्रतिदिन १० हजारको दरले नाघेको छ ।

बेलायत सरकारले पछिल्लो २८ दिन यता शुक्रबारसम्ममा थप ११ जनाको मृत्यु भएपछि कोरोनाबाट मर्नेको संख्या कुल १ लाख २७ हजार ९ सय ५६ पुगेको बताएको छ ।

साप्ताहिक तथ्याङ्कअनुसार बेलायतमा कोरोना संक्रमितको संख्या बढेका शहरहरुमा नर्थ ताइनेसाइड, लिभरपुललगायत छन् । स्वास्थ्य विभागका अनुसार गए रातिसम्ममा बेलायतमा ४ करोड २४ लाख ६० हजार ६ सय ३२ जनाले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । त्यसैगरी ३ करोड ८ लाख ९८ हजार ४ सय ६७ जनाले दोस्रो डोज गरि ५८.७ प्रतिशत वयस्क जनसंख्याले कोरोनाको लिइसकेको बताइन्छ ।

टिप्पणीहरू