कोभिड रिपोर्ट पुर्याउन गएकी महिलाको जङ्गलमा लाश

कोभिड रिपोर्ट पुर्याउन गएकी महिलाको जङ्गलमा लाश

कोरोनाको रिपोर्ट पुर्याउन असार दुई गते जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी साधनी स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी मृत अवस्थामा फेला परेकी छन् । डडेलधुराको हट्वानी सामुदायिक वनमा हिजो २६ वर्षीया अस्मिता धामीको शव भेटिएको हो ।

कोभिड खोपको रिपोर्ट लिएर करिब ११ बजेको समय स्वास्थ्य चौकीबाट हिंडेकी उनी जोगबुढा नपुग्दै बेपत्ता भएपछि परिवारले हिजो मात्र ३ गतेबाट धामी हराएको भन्दै प्रहरीमा उजुर गरेका थिए । उजुरी प्राप्त हुनासाथ खोजी कार्य जारी राखेको प्रहरीले हिजो बेलुका उनको शव हट्वानी सामुदायिक वनमा फेला पारेको हो ।

पानी परेकाले हिजो खोजी कार्यमा कठिनाई भएपनि उनको शव पल्टेर रहेको अवस्थामा जङ्गलमा फेला परेको थियो । शवको प्रकृति सामान्य रहेको बताएको प्रहरीले उनको जवरजस्ति करणी गरी हत्या गरिएको हो होइन भन्ने विषयमा भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने जनाएको छ । शरिरमा बाहिरी चोट नदेखिए पनि स्थानीयले हत्याको आशङ्का गरेको र प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाएको जनाएको छ ।

टिप्पणीहरू