मोटरसाइकल र त्यसका पार्टपुर्जा चोर्ने ३ जना पक्राउ

पर्सामा चोरीको मोटरसाइकल तथा मोटरसाइकलका पार्टपुर्जासहित तीन जना पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका–२०, हरपतगञ्जस्थित विवाहस्थलमा पार्किङ गरी राखिएको मोटरसाइकल तथा विभिन्न स्थानबाट चोरी गरिएका मोटरसाइकलका पार्टपुर्जासहित तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१८ का २१ वर्षीय साहेब साह, २६ वर्षीय अवधेश प्रसाद पटेल र १५ वर्षीय किशोर रहेका छन् । उनीहरुले विवाहस्थलमा पार्किङ गरी राखिएको ना.६२ प ९७१७ नम्बरको मोटरसाइकल चोरेका थिए । त्यसैगरी कागजात नभएका र पार्टपुर्जा खोलिएको अवस्थामा अन्य ११ वटा मोटरसाइकल समेत चोरेको प्रहरीले बताएको छ ।
साहेबले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी जगरनाथपुर ढाटस्थित अवधेशप्रसादको मोटरसाइकल ग्यारेजमा पार्टपुर्जा खोली बिक्री गर्ने गरेको तथ्य समेत खुलेको छ ।
टिप्पणीहरू