गुडेकाे टिपरमा आगाे सल्केपछि..

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हामा गुडिरहेको टिपरमा आगो लागेपछि चालकले हाम्फालेर ज्यान जाेगाएका छन् ।
कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा बुधबार बिहान ना १ क ५५५१ नम्बरको टिपरमा आफैं आगो लागेको हो। साे इँटा लोड गरेर पूर्व जाँदै गर्दा टिपरमा अचानक आगलागी भएको थियो ।
टिपरमा आगो लागेपछि चालकले हामफालेर ज्यान जोगाएका छन् । टिपर भने जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ। सडकमै जलेको टिपर हटाउने र घटना विषयबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए।
टिप्पणीहरू