ललितपुरका ज्येष्ठ नागरिकहरु रिसले चुर
![ललितपुरका ज्येष्ठ नागरिकहरु रिसले चुर](https://janaaastha.prixacdn.net/media/albums/covosild_SrPFSbL4Kk.jpeg)
ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएको छ ।
तर,बृद्धबृध्दाले भने यसमा असन्तुष्टि जनाएका छन् ।महानगरपालिकाले पहिलो मात्रा लगाइसकेकालाई महानगरपालिकाभित्र विभिन्न ८ वटा खोप केन्द्र सञ्चालन गरेर खोप लगाएको हो । खोप लगाउन गएकाहरुले व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् ।
सरकारले हुलमुलमा बस्न नहुने बताए पनि खोप केन्द्रमा अत्यधिक भीडभाड देखिएको पाटन हाईस्कूल पुग्नुभएका जोगरत्न बज्राचार्यले बताउनुभएको छ ।
यस्तै देवेन्द्रराज शर्माले खोपकेन्द्रमा बृध्दबृध्दालाई व्यवस्थित रुपले नराखिएको बताउनुभयो ।
उहाँले प्रत्येक वडाले आफ्नो वडामा अथवा निश्चित स्थानमा खोप लगाएको भए बूढाबूढीहरुलाई कम दुःख हुनेमा त्यसो नभएकाले सबैले दुःख पाएको बताउनुभयो ।
कोभिसिल्ड खोपको दोस्रो मात्रा महानगरभित्रका करिब २४ सय ज्येष्ठ नागरिकलाई लगाउने योजना छ ।
टिप्पणीहरू