ब्यानर उचालेर बिस्कुट वितरण
असार २ गते आएको विनाशकारी बाढीले सिन्धुपाल्चोकमा मेलम्ची बजारको स्वरुप नै परिवर्तन गरिदियो । निकै चहलपहल र सुन्दर मेलम्ची बजार एकाएक बगरमा परिणत भयो ।
भोलिपल्टदेखि राहत सामाग्री वितरणको नाममा भएका फोटो सेसनले विपद्ले आक्रान्त स्थानीयको मनको घाउमा मल्हम लगाउनुको सट्टा नून छर्किने काम भयो ।
राहत वितरणको नाममा फोटो, भिडियो सामाजिक सञ्जालमा हालेर स्थानीयलाई आहत पुर्याएको देखिएपछि भोलिपल्टै प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले त्यस्तो कार्यमा रोक लगाइदिए । जिल्ला प्रशासन कार्यालयले राहत सामाग्री वितरण गर्न स्थानीय प्रशासन तथा विपद व्यवस्थापन समितिको अनुमति लिनुपर्ने नियम बनायो ।
तर अहिले पनि मेलम्चीमा राहत बाँड्ने नाममा भइरहेका प्रचार प्रसार र फोटो सेसनले सबैलाई अचम्भित बनाएको छ । त्यसैको उदाहरण हो नेपाल आयल निगमले आयोजना गरेको राहत वितरण कार्यक्रम ।
असार ४ गते निगमले बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेको देखिन्छ । फोटोमा निगमको तर्फबाट अन्य सामानसहित डाइजेस्टिभ बिस्कुट हस्तान्तरण गरिएको छ । सबैभन्दा उदेकलाग्दो पक्षचाँहि राहत वितरण गरेको देखाउन र देखिनका लागि पृष्ठभूूमिमा केही व्यक्तिले ब्यानर उचालेको प्रष्ट छ ।
टिप्पणीहरू