बडिगार्डलाई विदेश पठाउने व्यवस्था

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालकहाँ एउटा भनसुन चल्दैछ, विभिन्न व्यक्तिमार्फत । लोकमानका बडिगार्ड दानबहादुरलाई छिटोभन्दा छिटो देशबाहिर पठाउने व्यवस्था मिलाउनका लागि । तर, शक्ति न हो, क्षीण भएपछि त्यसको के अर्थ रहन्छ र ? नेपाल प्रहरीमा एफपियु मिसनको एउटा टोली माघ १७ गते हाइटी प्रस्थान गर्दैछ । लोकमानले क्यानाडा जानुअघि नै भनेका कारण अर्यालले दानबहादुरलाई त्यसमा हालिदिए । त्यसका लागि भाइटीकाको पर्सिपल्टदेखि (कात्तिक १८) तालिममा छिर्नुपर्छ । तर, भनसुन चल्दैछ, कात्तिकभित्रै उडाइदिनुप¥यो † अहिले कुनै प्रहरी अधिकृतलाई विदेश पठाउने तालिम, गोष्ठीजस्ता केही कार्यक्रम छैनन् । त्यसमाथि हप्ता–दश दिनमा तालिममा छिर्नुपर्ने प्रहरीलाई बिदामा छाड्न पनि नसकिने जवाफ पाएका छन्, दानबहादुरको तर्फबाट महानिरीक्षककहाँ कुरा गर्नेले । लोकमानको सचिवालयमा अनेकन चकचकी चलाएकी आकृति अमेरिकामा छिन् । उनी दानबहादुरकी निकटस्थ हुन् । उनका लागि म्यानपावर व्यावसायी राधिका कटुवाललाई धोका दिएका थिए । हाइटी मिसनबाट दानबहादुर उताउतै अमेरिका छिर्ने योजनामा रहेको बुझिन्छ ।
उता, लोकमान निलम्बन भएलगत्तै उमेरको वरियताका आधारमा कार्यवाहक प्रमुख आयुक्त भएका दीप बस्न्यातले भाइलाई ठाउँ मिलाउन भ्याएका छन् । श्याम बस्नेत रसुवागढीको भन्सार अधिकृत थिए । विज्ञ रामहरि अर्यालको डिजाइनमा लोकमानले श्यामलाई विराटनगर भन्सारमा सरुवा गराए । खेलो थियो, दीपकै । वीरगञ्जबाट आयात हुने सबै प्रकारका भारतीय सामान आजकल डाइभर्ट भएर सुनौली र विराटनगर भन्सारबाट हुन थालेको छ । त्यसमध्ये पनि विराटनगर भन्सारको कमाई सबभन्दा बढी छ ।

टिप्पणीहरू