खेतमा पानी जम्ने,गाउँलेको झडप हुने

खेतमा पानी जम्ने,गाउँलेको झडप हुने

-सागर हुमागाई

रौतहटको मौलापुर नगरपालिका–१ मा आज बिहान दुई पक्षबीच झडप भएको छ । झडपमा दुबैतर्फका १४ जना घाइते भएका छन् ।

स्थानीय मर्यादपुरका हृदय यादवको खेतमा भवाल साह सोनारले जमेको पानी लगाइदिएपछि विवाद शुरु भएको हो । विवाद बढ्दै गएपछि भएको झडपमा दुवै पक्षका १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय,रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिध्दिविक्रम शाहले बताउनुभयो ।

झडप हुँदा साह पक्षका ८ जना र यादव पक्षका ६ जना घाइते भएका हुन् । घाइते सबैको मौलापुरमा उपचार भइरहेको र सबै खतरामुक्त रहेको एसपी शाहले जानकारी दिनुभयो ।

अहिले घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू