विप्लवको पार्टीद्वारा रेडक्रस पुगेर रक्तदान
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले रक्तदान कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको सोल्टीमोडस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आज बिहान साढे ११ बजेबाट उक्त कार्यक्रम शुरु भएको हो ।
विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रममा केन्द्रीय नेता माइला लामालगायत झण्डै ५० जनाको उपस्थिति रहेको छ ।
टिप्पणीहरू