भन्सारको आँखा छल्दै, कम्प्युटर भित्र्याउँदै

भन्सारको आँखा छल्दै, कम्प्युटर भित्र्याउँदै

पर्साको वीरगञ्ज भन्सार कार्यालय नजिकै भन्सार छलेर कम्प्युटर पार्टस ल्याउँदै गरेको बखत केही व्यक्तिले प्रहरीलाई देखेपछि पार्टस छाडेर बेपत्ता भएका छन् ।

वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित सडकबाट भन्सार छलेर ल्याउँदै गरेको करिब १७ लाख रुपैयाँ बराबरको ४९ थान सिपियू र ७८ थान हार्डडिस्क सोमबार दिउँसो सडकमा छाडी केही व्यक्ति फरार भएका हुन् ।

बरामद सामानहरु आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

टिप्पणीहरू