खनालकै गृहजिल्लामा दुइटा एमाले

खनालकै गृहजिल्लामा दुइटा एमाले

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अलि गम्भीर बिरामी भएपछि डाक्टरको सल्लाहअनुसार भारतको एपोलो अस्पतालमा थप उपचार गराउन जाँदै गर्दा असार २ गते पार्टीलाई फुटबाट जोगाउन आह्वान गर्नुभयो । तर, उहाँकै गृहजिल्ला इलाममा भने उक्त आह्वानलाई लत्याउँदै उहाँकै स्वास्थ्यसँग जोडेर एमाले दुई चिरा भएको प्रष्ट सन्देश दिइएको छ ।

श्वासप्रश्वासमा समेत समस्या देखिएका खनालले भारत जानुअघि रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीलाई फुटबाट जोगाउन अनुरोधसहित विज्ञप्ति जारी गरेको २४ घण्टा नबित्दै नेकपा एमालेकै लेटरप्याडमा दुई फरक फरक विज्ञप्ति जारी भएका छन् ।

गृहजिल्लाका केहीले सामाजिक सञ्जालमा खनालको मृत्यु भएको भन्दै श्रद्धाञ्जलीसमेत दिन भ्याएपछि त्यसको खण्डन गर्दै एमाले जिल्ला कमिटीको नाममा फरक दुई विज्ञप्ति जारी भएका हुन् । माधव नेपाल पक्षका जिल्ला अध्यक्ष भक्त केसीले खनालको स्वास्थ्यलाभको कामना गर्दै निकालेको विज्ञप्तिमा स्वास्थ्यलाभको कामना मात्र होइन सरकार पक्षलाई गैरजिम्मेवार, अलोकतान्त्रिक र प्रतिगमनकारीको रुपमा आलोचना पनि गरिएको छ ।

यता, केपी ओली पक्षका जिल्ला अध्यक्ष राम राना र सचिव महेश बस्नेतले पनि खनालले गरेको एकताको आह्वानको उच्च मूल्यांकन गर्दै पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने व्यहोरा उल्लेख छ ।

टिप्पणीहरू