राजतन्त्रसहितको प्रजातन्त्र चाहियो : स्वतन्त्र नागरिक समाज
राजतन्त्रसहितको प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ । स्वतन्त्र नागरिक समाजको आयोजनामा आज पनि माइतीघरमा प्रदर्शन भएको हो ।
समाजका संयोजक हेमविक्रम सिलवाल लगायतको उपस्थितिमा प्रदर्शनकारीहरुले शाहवंशीय राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापना, हिन्दुअधिराज्यको पुनःस्थापना, निषेधको राजनीति अन्त्य गर्नुपर्ने, राष्ट्रिय मेलमिलाप कायम गर्नुपर्ने र सैनिक हस्तक्षेप मार्फत नागरिक सरकार गठन गर्नुपर्नेलगायतका माग राखि अनिश्चितकालीन धर्ना कार्यक्रम गरिएको हो ।
प्रदर्शनमा समाजका तर्फबाट उपस्थित भएकाहरुले वौद्धिक सनातन हिन्दुअधिराज्य कायम गर, सम्पूर्ण नेपालीलाई कोभिड १९ को खोप सुनिश्चित गर, निषेधको राजनीति अन्त्य गर, राष्ट्रिय एकता कायम गर, सैनिक हस्तक्षेप मार्फत नागरिक सरकार गठन गरलगायतका नारा समेत लगाएका थिए ।
टिप्पणीहरू