मोरङका मिडियाले फोहोर ठेगान लाउने

मोरङका मिडियाले फोहोर ठेगान लाउने

मोरङ,बेलवारी नगरपालिकामा फोहोरमैला व्यवस्थापनको लागि आह्वान गरिएको वातावरणीय परीक्षण (आईईई) को परामर्शदाता स्थानीय अरुण खबर मिडिया, विराटनगर छानिएको छ । फोहोर व्यवस्थापनजस्तो प्राविधिक विषयमा मिडिया कम्पनी छनौट हुनु आफैँमा नौलो विषय भएको स्थानीयले बताएका छन् ।

नगरपालिकाले फोहोरमैला व्यवस्थापनको लागि प्लान्ट निर्माण गर्न प्रारम्भिक वातावरणीय परीक्षण गर्न लागेको जनाएको छ । नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण अगाडि वातावरण संरक्षण ऐन २०७६, र वातावरण संरक्षण नियमावली, २०७७ अनुसार अध्ययन गर्न लागिएको बताएको छ ।वातावरणीय परीक्षण गर्दा भौतिक, जैविक,रासायनिक,सामाजिक, आर्थिक एवम् सांस्कृतिक रूपमा के कस्तो असर पर्नसक्ने जानकारी नगरपालिकालाई परामर्शदाता अरुण खबर मिडियामार्फत गराउन सरोकारवालाहरुसँग नगरपालिकाले अनुरोधसमेत गरेको छ ।

टिप्पणीहरू