विपत व्यवस्थापन गर्न काठमाडौं महानगर तयार

विपत व्यवस्थापन गर्न काठमाडौं महानगर तयार

काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपत व्यवस्थापनका लागि आफू तयारी अवस्थामा रहेको बताएको छ ।

सोमबार काठमाडौं महानगरपालिका विपत व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले भोलिका दिनमा आइपर्न सक्ने विपत व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताउनुभएको हो । नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उध्दार तथा राहतको लागि महानगरपालिका तयार रहेको उहाँले बताउनुभयो ।

बाढी घरभित्र पसेमा सरसफाई गर्नेलगायतका कामको लागि पनि तयारी अवस्थामा बसिएको बताउनुभएको छ । आवश्यक जनशक्ति र सामग्रीहरू समेत तयारी अवस्थामा राखिएको महानगरले जानकारी दिएको छ । धोबिखोला, बल्खु खोला,बागमती, विष्णुमती नदीका किनारहरूमा डुबान हुनसक्नेतर्फ ध्यान दिँदै त्यहाँ विपत प्रतिकार्यको काम शुरु भइसकेको उहाँको दाबी छ ।

उहाँका अनुसार बाढी आएको खण्डमा दुई सय जना नगरप्रहरी तत्काल परिचालन हुनेछन् । र्यापिड रेस्पोन्स फोर्समा भने ३० जना प्रहरी तुरुन्त परिचालन गर्न सकिने अवस्थामा राखिएको उहाँले बताउनुभयो । रेनकोट, बत्ति, गल, रुख काट्ने औंजार र स्लिपिङ ब्यागलगायतका अत्यावश्यक सामग्रीहरूको पनि व्यवस्था गरिसकिएको श्रेष्ठले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू