सन् २०३० सम्ममा हुन्डाइले उड्ने कार बनाउने
दक्षिण कोरियाको प्रख्यात कार निर्माण कम्पनी हुन्डाइले आगामी दश वर्षभित्र सडकमा गुड्ने मात्र होइन आकाशमा उड्नेसम्मको कार बनाउने भएको छ । उसले त्यसैको लागि हावामा हवाइजहाजझैँ उड्ने सवारी र पप–अप एयरपोर्टहरूमा लगानी गरिरहेको बताइएको छ ।
विश्वका कार निर्माता कम्पनीहरूको शिखर सम्मेलनमा बोल्दै हुन्डाई मोटर्सका अध्यक्ष माइकल कोलले ‘उडान कारहरू भविश्यको भाग’, भन्दै यसबीचमा उसले उडान कार प्रविधिमा महत्वपूर्ण लगानी गरेको बताएका थिए ।
गत वर्ष हुन्डाई र उबरले उडान ट्याक्सीको लागि आवश्यक सहयोग र तयारीको एउटा खाका प्रस्तुत गरेका थिए । सन् २०२८ सम्ममा घना आवादी भएका विश्वका ठूला शहरमा उडान ट्याक्सीको प्रस्ताव गर्ने लक्ष्य विशेषगरी र हुन्डाई र उबरले गर्न सक्ने आँकलन गरिएको छ ।
यो वर्षको शुरुआतमा उनीहरूले यसअघि नै एउटा उडान इलेक्ट्रिक वाहन बनाइसकिएको घोषणा गरेका थिए । जमिनबाट १ हजार देखि २ हजार फिट माथिसम्म उड्न सक्ने उक्त कारमा पाँच जना यात्रु बस्न सक्छन् । एक पटकको चार्जबाट उक्त सवारी साधनले ६० माइलको दूरी पार गरेको बताइन्छ ।
http://www.chinadaily.com.cn/a/202107/01/WS60dc9af4a310efa1bd65f00a.html?fbclid=IwAR31hSrzIeZjqJLAszFjkpZHbgK87Jg3BRH2_5XsqiWZPVD2dBmWLiJ50Cc
टिप्पणीहरू