काठमाडौंमा लाइन लागेर १७ हजार बढीलाई खोप

काठमाडौंमा लाइन लागेर १७ हजार बढीलाई खोप

कोरोनाविरुध्दको चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा हिजो काठमाडौं महानगरपालिकामा १७ हजार जनाभन्दा बढीले लगाएका छन् ।

काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरि कुँवरले ६० देखि ६४ उमेरलगायत समूहकाले पहिलो डोज लगाएकोमा दोस्रो डोज लगाउन बाँकी सबै उमेरकाले पनि त्यो अवसर पाएको जानकारी दिनुभयो ।

कुँवरले हिजो,आज र भोलिसम्म खोप लगाउने कार्यक्रम भए पनि आवश्यकताअनुसार अझै १ दिन थप्न सकिने जानकारीसमेत दिनुभएको छ । भेरोसेल खोप जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका सबै अस्पतालमा पठाइसकेको पनि उहाँले बताउनुभयो ।

ललितपुर महानगरमा भने खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम आगामी शुक्रबार र शनिवारलाई तोकिएको छ ।

टिप्पणीहरू