भ्रष्टाचार र महँगीबिरुद्ध सिठ्ठी जुलुस

भ्रष्टाचार र महँगीबिरुद्ध सिठ्ठी जुलुस

पाँच विद्यार्थी संगठनले आज देशभर सिठ्ठी जुलुस निकालेको छ । विपक्षी राजनीतिक दलको गठबन्धनमा आवद्ध विद्यार्थी संगठनले भ्रष्टाचार र महँगीविरुद्ध संयुक्तरुपमा जुलुस निकालेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध लगातार आन्दोलन गरिरहेको संयुक्त विद्यार्थी संगठनले पूर्वनिर्धारित कार्यक्रमअनुसार राजधानी काठमाडौंसहित ७७ वटै जिल्लामा सिठ्ठी जुलुस निकालेको हो । काठमाण्डौँको माइतीघरमा जम्मा भएका विद्यार्थीहरु सिठ्ठी बजाउँदै बानेश्वरसम्म पुगेका थिए ।

नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्रसम्बद्ध अखिल (क्रान्तिकारी), एमालेको माधव नेपाल समूहको अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन र जनमोर्चा सम्बद्ध अखिल (छैठौँ) ले संयुक्त आन्दोलन गर्दै आएका छन् ।

टिप्पणीहरू