ललितपुरको कार्यपालिका र नगरसभामा लफडै लफडा

ललितपुरको कार्यपालिका र नगरसभामा लफडै लफडा

ललितपुर महानगरपालिकामा अघिल्लो सातादेखि शुरु भएको कार्यपालिका बैठक तनाव झेल्दै,बहिष्कार हुँदै,रोकिदै अघि बढेको छ । आजै नगरसभाको बैठकमा पनि लफडा शुरु भएको छ ।

असार १० गतेदेखि जारी नगरसभा बैठक वडाध्यक्षहरुबीच आपसी सहमति नहुँदा पटक पटक स्थगित हुँदै आएको थियो । त्यहि क्रममा १८ गते सर्वसम्मतले नीति तथा कार्यक्रमको समीक्षा गर्न पाँच दिनलाई स्थगित गरिएको थियोे ।

समीक्षापछि हिजो बसेको पहिलो बैठकमै तनाव उत्पन्न भएको स्रोतले जनाएको छ । वडाको बजेट वितरणमा पनपच्छे गरिएको, स–साना नीति तथा कार्यक्रमका लागि ठूलो मात्रामा बजेट राखिएको विषयमा वडाध्यक्षहरुबीच समझदारी नहुँदा पुनः लफडा भएको हो ।

महानगरले आर्थिक वर्ष २०७८/०७९ का लागि ५ अर्ब ५५ करोड ९५ लाख रकमको बजेट प्रस्ताव गरेको छ । रकम बाँडफाँडमा कुरो नमिल्दा तनावको अवस्था सिर्जना भएको स्रोतको दाबी छ ।

टिप्पणीहरू