पुलमा उभिएर खोप ल्याउने प्रतिबध्दता
![पुलमा उभिएर खोप ल्याउने प्रतिबध्दता](https://janaaastha.prixacdn.net/media/albums/214214237_3869392929836776_300451158311701212_n_e4kElgJPpK.jpg)
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिका जोड्ने ऐतिहासिक दीखु पुल (दिखु तां) को उद्घाटन गर्दै सरकारको पहिलो प्राथमिकता जनताको स्वास्थ्य रहेको बताउनुभएको छ ।
आज बिहान चीनबाट ८ लाख भ्याक्सिन आएको र अर्को हप्ता थप १२ लाख आउने बताउँदै एक हप्ताभित्र ४० लाख भ्याक्सिन आउने जानकारी दिनुभयो । उहाँले आजै अमेरिकी राजदूतसँग छलफल हुने र असार २८ गते अमेरिकी जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख भ्याक्सिन पनि आउने बताउनुभयो ।सोही कार्यक्रममा बोल्दै कीर्तिपुरका मेयर रमेश महर्जनले आफ्नो नगरपालिकाका वासिन्दालाई छिटोभन्दा छिटो भ्याक्सिनको व्यवस्था हुनेमा विश्वस्त रहेको बताउनुभएको थियो ।
उक्त पुल २०७६ सालमा शिलान्यास गरिएको थियो । कीर्तिपुर नगरपालिका-३ स्थित मसानघाट र चन्द्रगिरी नगरपालिका को तीनथाना जोड्ने पक्की पुलको उक्त उद्घाटन कार्यक्रममा उपमेयर सरस्वती खड्का पनि उपस्थित हुनुहुन्थ्यो ।
टिप्पणीहरू