आउनासाथ अचम्म

कोमल ओली गाई पार्टीमा भित्रँदा त्यहाँ हलचल मच्चिएको छ । अध्यक्ष कमल थापाले सक्रिय पुरानाभन्दा हालै भित्रिएकी कोमलप्रति बढी विश्वास गर्न थालेसँगै पार्टीमा खैलाबैला मच्चिएको छ । ६ मंसिरमा मात्र प्रवेश गरेकी ओलीलाई एकैचोटि केन्द्रीय सदस्य बनाउने तयारी थालेपछि खैलाबैला मच्चिएको हो । यो कुरा चाल पाएपछि प्रतिभा राणा, कुन्ति शाही, सरस्वती केसीहरूको समूह असन्तुष्ट बन्न पुगेको छ ।

थापाको प्रस्तावमा राष्ट्रिय अध्यक्ष पशुपतिसमशेर राणाले पनि सहमति जनाइसकेका छन् । एकीकरणभन्दा पहिलेको राप्रपा नेपालमा महिलाको नेतृत्व कुन्ति शाहीले सम्हालेकी थिइन् । शाही स्थानीय विकास राज्यमन्त्रीसमेत बनिन् ।

टिप्पणीहरू