काठमाडौंका दश अस्पतालमा कोरोनाका बिरामी शून्य
कोरोना महामारीको समय भरिभराउ रहेका उपत्यकाका अधिकांश अस्पतालमा कोरोनाका बिरामी कम हुँदै गएका छन् । दोस्रो लहरको भयावहता फैलँदा अस्पतालको बरण्डामा अक्सिजन सिलिन्डर राखेरै उपचार गराइएको थियो ।
तर अहिले कोरोना लक्षित् अस्पताल र आइसोलेसन केन्द्रहरुमा शून्यको संख्यामा बिरामी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
सोमबारसम्मको तथ्याङ्कअनुसार उपत्यकाका दश वटा अस्पताल कोरोना बिरामीमुक्त भएका छन् । पछिल्लो समय संक्रमणदरमा कमि आएपछि उपत्यकाका दश वटा अस्पतालमा कोरोना बिरामीको संख्या शून्य देखिएको हो ।
उपत्यकाको कीर्तिपुर मोडर्न अस्पताल,बयोधा अस्पताल, राजधानी अस्पताल,यति अस्पताल, ज्योति अस्पताल कालिमाटी,बुद्ध माई अस्पताल टेकु,कीर्तिपुरस्थित जेष्ठ नागरिकको भवनमा सञ्चालित आइसोलेसन,कीर्तिपुर नयाँ बजार कभर्डहलमा सञ्चालित आइसोलेसन,दक्षिणकाली नगरपालिकामा रहेको मनमोहन स्मृति सामुदायिक अस्पताल, नागार्जुन नगरपालिकाको इचङ्गुमा शहरी विकासको माथिलो भवनमा सञ्चालित आइसोलेसन र काठमाडौं महानगरपालिका वडा नं १५ ले तयार पारेको आइसोलेसन सेन्टरमा कोरोनाका बिरामीको संख्या शून्य रहेको हो ।
टिप्पणीहरू