सामाजिक सञ्जालको दुरुपयोग, माननीयले लेख्ने, अरुको कमेन्टमा पिता समेत खनिने

सामाजिक सञ्जालको दुरुपयोग, माननीयले लेख्ने, अरुको कमेन्टमा पिता समेत खनिने

सोमबार सर्वोच्च अदालतको फैसलाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाइ दिएपछि उहाँलाई ‘बा’ भन्दै आएका कार्यकर्ताहरु रिसले आगो भएका छन् । उनीहरुले सर्वोच्चको आदेशविरुद्ध धेरै ठाउँमा प्रदर्शन तथा जुलुस निकालेका छन् ।

कतिपयले आफ्नो रिस सामाजिक सञ्जालमा पोख्दै अदालतको निर्णय र प्रति खोइरो नै खनिरहेका छन् । ओली निकट विद्यार्थी संगठन अखिलकी पूर्वअध्यक्ष नवीना लामाले सामाजिक सञ्जालमा प्रधानन्यायाधी न्यायाधीश चोलेन्द्र शमसेर राणालाई ‘को हो चोलेन्द्र ?’ भनेर प्रश्न उठाएकि छन् । उनले संसदले प्रधानमन्त्री बनाउने भन्दै अदालतको चर्को बिरोध गरेकि छन् ।

अदालतको आलोचना गर्दै माननीयले बोलेको भाषाप्रति असहमति व्यक्त गर्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘यही हो सम्मानित अदालतप्रति देशको माननीयले बोल्ने भाषा ?’ भनेर सोधेका छन् । तर उल्टै उनीहरूमाथि नै नवीना ‘तिमिले सिकाउनु पर्दैन’ भन्दै खनिएकी छन् ।

छोरीको फेसबुक स्टाटसमा कमेन्ट गर्नेहरुप्रति उनका बाबु मानिक लामा समेत खनिएका छन् । छोरीको कुरोमा लोलि मिलाउँदै लामाले ‘राष्ट्रपतिले प्रचण्ड, माकुने, शेरे, खाते चोलेन्द्र सबैलाई जेल हाल्नु पर्छ’ भन्दै उग्र भाषामा लेखेका छन् ।

टिप्पणीहरू