आन्दोलनको अवज्ञा र अटेर गरेका पेट्रोलपम्प बन्द गराएको विद्यार्थी संगठनको दाबी
पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीलगायतका माग राखेर पाँच विद्यार्थी संगठनले पछिल्लो केही दिन यता आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।
महामारीको समयमा आयल निगम घाटामा गएको तर्कमा मूल्यवृद्धि गरिएकोमा असहमति जनाउँदै उनीहरुले आज कुनैपनि पेट्रोल पम्प तथा इन्धन ढुवानी गर्ने ट्याङकर सञ्चालन गर्नमा रोक लगाएका थिए ।
आफ्नो घोषित आन्दोलनको अवज्ञा गरि सञ्चालन गरिएका दुई वटा पेट्रोल पम्प संगठनले बन्द गराएको जनाएको छ । ललितपुर बालकुमारीस्थित युनिक फ्युल सेन्टर र ग्वार्कोस्थित नमस्ते आयल स्टोर बन्द गराएका हुन् ।
त्यस्तै, संगठनले निगम मातहतका सम्पूर्ण ब्यवसायीहरुलाई ध्यानाकर्षण गराउँदै आन्दोलनको अवज्ञा गरेर पेट्रोल पम्प र इन्धन ढुवानीका ट्याङ्कर सञ्चालनमा ल्याइएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिप्रति स्वयम् सञ्चालक जिम्मेवार रहनुपर्ने समेत बताएको छ ।
टिप्पणीहरू