सदस्यतामा धाँधली भन्दै काङ्ग्रेस कार्यालयमा धर्ना
नेपाली काँग्रेसको चौधौँ महाधिवेशनको पूर्वसन्ध्यामा वितरित क्रियाशील सदस्यतामा धाँधली भयो भन्दै धर्ना दिन थालिएको छ । महाधिवेशनमा आफ्नो पक्षलाई मजबुत बनाउन सबैजसोले सदस्यता वितरणमा साम,दाम र दण्ड भेदको उपाय अपनाएका हुन् ।
सोही क्रममा बारा र धनुषामा अनियमितता भएको बताउँदै छानबिनको माग राखेर पार्टी सानेपास्थित केन्द्रीय कार्यालयमा आज बिहान १० बजेदेखि धर्ना शुरु गरिएको छ ।
धर्ना धनुषाको निर्वाचन क्षेत्र नं.१ (क) का सभापति सञ्जय महतोको नेतृत्वमा भएको बताइएको छ ।
टिप्पणीहरू