दाइजोको निहुँमा श्रीमानद्वारा हातखुट्टा बाँधेर नेपाली चेलीमाथि कुटपिट

दाइजोको निहुँमा श्रीमानद्वारा हातखुट्टा बाँधेर नेपाली चेलीमाथि कुटपिट

भारतीय युवकसँग बिबाह गरेकी एक जना नेपाली महिला दाइजो नलगेको आरोपमा श्रीमानको निर्घात कुटाइमा परेकी छन् ।

भारत,उत्तर प्रदेशको मटेरा, समोखनका सजिदले नेपालको बाँके जिल्लाकी बसिरुनलाई दाइजो नल्याएको भन्दै हातखुट्टा बाँधेर, मुखमा कपडा कोचेर कुटपिट गरेका हुन् । त्यतिले नपुगेर उनले श्रीमतीको कपाल खौरिदिएर तालुखुइले बनाइदिएका छन् । तालु खुइलाएपछि श्रीमतीलाई बजार समेत घुमाइएको थियो ।

श्रीमानको उक्त हर्कतपछि बसिरुनको माइती पक्षले भारतीय प्रहरीमा उजुर गरे पनि त्यहाँको प्रहरीले कारबाही अघि नबढाएको पीडितले बताएकी छन् ।

पाँच वर्षअघि साजिदसँग बिबाह गरेकी बसिरुनलाई बिहेलगत्तै दाइजो मागेर कुटपिट गर्न थालिएको थियो । उनीसँग दिनहुँ एक लाख भारतीय रुपैयाँ नगद र मोटरसाइकलको माग गर्दै कुटपिट हुँदै आएको हो ।

माइतीपक्षलाई सोबारे उनले बेलैमा खबर गरेकी थिइन् । तर,उनीहरुले छोरीलाई सम्झाउँदै जसरी पनि श्रीमानको घरमा टिकेर बस्न सुझाएका थिए ।

टिप्पणीहरू