खेलकुदतिरबाट भेला थाल्यो ओली एमालेले
नेकपा एमालेको संस्थापन निकट जनवर्गीय संगठन नेपाल खेलकुद महासंघले काठमाडौँ जिल्ला कमिटी गठन गरेको छ ।
प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै आन्दोलनमा उत्रेको महासंघले देशव्यापी संगठन विस्तारअन्तर्गत आज काठमाडौँ जिल्ला कमिटी गठन गरेको हो ।
कान्तिपथस्थित एल्लो पेगोडा होटलमा आयोजित जिल्ला कमिटी गठन कार्यक्रममा निवर्तमान मन्त्री कृष्णगोपाल श्रेष्ठ,काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य,खेलकुद महासंघका अध्यक्ष राजेश्वरमान स्थापितलगायत उपस्थित रहेको जनाइएको छ ।
टिप्पणीहरू