फलामको कपभित्र एक किलोभन्दा बढी सुन

फलामको कपभित्र एक किलोभन्दा बढी सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका एक जना नेपालीले फलामको कपभित्र लुकाएर ल्याएको एक किलोभन्दा बढी सुन फेला परेको छ ।

गोरखा घर भएका २८ वर्षीय पदम परियार १ किलो १ सय ६५ ग्राम सुनसहित पक्राउ परेका हुन् । विमानस्थल प्रहरीकाअनुसार परियार हिमालयन एयलाइन्सको उडानमा दुबईबाट काठमाडौं आएका हुन् । उनलाई विमानस्थल भन्सारमा चेक जाँच गर्ने क्रममा सुटकेशभित्र फलामको कपमा सुन लुकाएकोे पत्ता लगाइएको बताइन्छ ।

परियारलाई सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा राखी थप अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू