भारतमा नेपालीको योगदान भरमार

भारतका लागि राष्ट्रिय गौरव बनेका नेपालीमूलका नयाँ र पुरानो पुस्ताका दुई दर्जन गोर्खाली प्रतिभा असाममा पहिलोपटक सम्मानित भएका छन् । अखिल असाम गोर्खा संघको माघ चौथो साता सम्पन्न १५औं केन्द्रीय अधिवेशनका क्रममा नयाँ र पुरानो पुस्ताका प्रतिभा नागरिक अभिनन्दन र दीर्घसेवा सम्मानबाट सम्मानित भएका हुन् ।

तीनपटक राष्ट्रिय उपाधि जित्न सफल चर्चित बक्सिङ खेलाडी आशा रोका, अन्तर्राष्ट्रिय सुटिङ खेलाडी पेम्बा तामाङ, राष्ट्रिय फुटबल टिमका कप्तान सुशील क्षत्री, बक्सिङमा ओलम्पिक पदक विजेता शिव थापा, अन्तर्राष्ट्रिय जुडो खेलाडी गोमे थापा, डुर्बस क्षेत्रका चर्चित राष्ट्रिय मूर्तिकार अमिर सुन्दास, राष्ट्रिय बडी बिल्डर अजय थापा, क्विज मास्टर ज्ञानेन्द्र अर्याल, समाजसेवी डा. टीकाराम तामाङ, फेमिना मिस इण्डियामा दशांै स्थान बनाउन सफल रेवती क्षेत्री, मिस्टर असाम बिजु थापा, अन्तर्राष्ट्रिय व्यवसायी नीरज क्षत्री, राष्ट्रिय उद्यमी तिलक बास्कोटा, देहरादूनका युवा पत्रकार दीपक राई, प्रकाश अधिकारी, दन्तचिकित्सक डा. सुमित्रा हुमागाईं, मुम्बईका चर्चित पर्यटन व्यवसायी कृष्ण तामाङ र मेधावी सिभिल इञ्जिनियर विवेक जोशीलगायतलाई नेपाली टोपी, अछामी गम्छा र खादा पहि¥याएर अखिल असाम गोर्खा छात्र संघले प्रमाणपत्रसहित सम्मान गरेको थियो ।

भारतमा विभिन्न विधाबाट आजीवन सेवा गरेर राष्ट्रिय पहिचान बनाउन सफल विशिष्ट व्यक्ति दीर्घसेवा सम्मानबाट सम्मानित भए । तिनमा प्रसिद्ध साहित्यकार लीलबहादुर क्षत्री, दुई पटक भारतीय साहित्य अकादमी पुरस्कार विजेता गीता उपाध्याय, नाट्यभूषण सिके श्रेष्ठ, सांसद मणिकुमार सुब्बा, असामको प्रथम नेपालीमूलका मन्त्री पदमबहादुर चौहान, भाषा संग्रामी तारापति उपाध्याय, जातीय सचेतक तथा भाषा संग्रामी डा. हर्कबहादुर क्षत्री, मिडिया उद्यमी जयन्त बरुवा, समाजसेवी इन्द्र गुरागाईं, एमएलए भाष्कर शर्मा, गणेश लिम्बूलगायत यसरी अभिनन्दित भएका हुन् ।

छात्र संघमा प्रेम तामाङ

यसैगरी, असाम बसी नेपाली मूलका गोर्खालीको हक अधिकारका लागि सक्रिय अखिल असाम गोर्खा छात्र संघ (आम्सु) को नेतृत्वमा दोस्रो पटक प्रेम तामाङ निर्वाचित भएका छन् । उपसभापतिमा मालीगाउँ गुवाहाटीका अर्जुन क्षत्री, तेजपुरका सुनील क्षत्री र तीनसुकियाका शंकर लामा छन् । मुख्य सचिवमा लखिमपुरका भरत क्षत्री, सहसचिवमा डिब्रुगढका अजयराज क्षत्री, गोलाघाटका प्रेम नेवार र बाक्साका सञ्जीव चौहान चयन भएका छन् । संघको सांगठनिक सचिवमा गोवालपाडका रोहित लम्साल र ओदालगुडीका दीपक दाहाल छानिएका छन् । प्रचार सचिवमा गुवाहाटीका राज नेवार, शिक्षा सचिवमा प्रदीप कार्की, साँस्कृतिक सचिवमा तीनसुकियाका कुसुम लामा र कार्यालय सचिवमा चिराङका बलबहादुर ठकुरी छन् । स्वयंसेवा प्रमुखमा तीनसुकियाका बद्री कटुवाल र मुखपत्र सम्पादकमा शिवसागरका पुरुषोत्तम सुब्बा चयन भएका छन् । सदस्य चयन हुनेमा गोलाघाटका नन्द किराती देवान, बोंङगाई गाउँका अशोक शर्मा, विश्वनाथका दिलीप गजुरेल, जय दाहाल, डिब्रुगढका बिष्णु क्षत्री, महेन्द्र राई, ओदालगुडीका कमल सुब्बा, कार्बिआंगलंगका सञ्जीव क्षत्री, बलराम शर्मा छन् । कोक्राझाँका खेम भट्टराई र धेमाजीका लोकबहादुर राई, पापु क्षत्री, लखिमपुरका विपुल थापा, शिव दाहाल, बाक्साका सूर्य आलेमगरलगायत छन् । सम्मेलन गुवाहाटीस्थित मालीगाउँमा २२ देखि २४ माघसम्म चलेको थियो ।

आम्सुले असाममा बसेका नेपालीमूलका गोर्खा जातिको लागि संवैधानिक प्रत्याभूति भएको गोर्खा स्वायत्त शासन माग गर्दै आएको छ । यसैगरी, विद्यालय तहदेखि नै नेपाली भाषाको पठनपाठन, उच्च शिक्षा र रोजगारीमा नेपाली भाषीलाई विशेषाधिकार, नेपाली राष्ट्रिय पर्वको दिन सार्वजनिक बिदा, नेपाली कला–संस्कृति संरक्षणका लागि अनुसन्धान केन्द्र स्थापनाका साथै भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी अग्रजलाई विभू

टिप्पणीहरू