जसपाको बैठक अर्को साता

जसपाको बैठक अर्को साता

जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय समितिको बैठक भदौ १ र २ गते काठमाडौंमा बस्ने भएको छ । पार्टीले आज केन्द्रीय समिति सदस्यहरुलाई पठाएको पत्रमा उक्त व्यहोरा उल्लेख छ ।

भदौ १ र २ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बालकुमारी, ललितपुरमा बैठक डाकिएकाले उपस्थितिको लागि सबै केन्द्रीय सदस्यलाई अनुरोध गरिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू