​शुभकामना कि समवेदना

साथी–साथीको झगडा पनि कस्तो हुन थाल्यो भने, एउटाले जन्मदिनको शुभकामना भनेर फेसबुकमा लेख्छ । झगडिया साथीले शुभकामना त भन्दैन, अरुका बीच पनि भ्रम फैलिने गरी ‘हार्दिक श्रद्धाञ्जली’ लेखिदिन्छ ।

एमाले अखिलका नेताबीच यस्तै चल्यो फेसबुकमा । चावहिलस्थित पशुपति क्याम्पस कार्यक्षेत्र भई अखिल केन्द्रीय सदस्य रहेका बसन्त न्यौपानेको गत साता जन्म दिन थियो । स्वाभाविक हो, साथी र कार्यकर्ताले शुभकामना दिने नै भए । तर, संगठनको कामकै सिलसिलामा आपसी मतभेद रहेका अर्का साथीले आपत्तिजनक प्रतिक्रिया दिँदा बसन्त प्रतिक्रियाविहीन भए । हिजो दिउँसो जनआस्थाले फोन गर्दा बसन्त त्रिवितिर जाँदै थिए । सन्तोष तिमल्सिना नामक साथीले हो, उनलाई जन्मदिनमा श्रद्धाञ्जली भनेको । यसबारे सोध्दा उनले भने, ‘त्यस्ताको कुरा के गर्नु सर, छाड्दिनुस् ।’

यी सन्तोष तिमल्सिना उनै व्यक्ति हुन्, जो विप्लव माओवादीको नाममा राजधानीका विभिन्न स्थानमा चन्दा उठाउँदै हिँड्ने क्रममा पक्राउ परेका थिए । एमाले अखिलका पूर्वकेन्द्रीय सदस्य हुन् । बसन्तले अगुवाई गरेको पशुपति क्याम्पसमै हो, सन्तोषको पनि कार्यक्षेत्र । सन्तोष पहिला माओवादी थिए । ‘लुरे’ का नामले चिनिन्छन् । अखिलको खुला विश्वविद्यालय कमिटीका उपाध्यक्ष पनि थिए । ०६१ मा सेनाले माओवादी आरोपमा झापामा उनलाई पक्राउ पनि गरेको थियो । तर, उनी थिए, त्यतिबेलादेखिकै खाओवादी । एमाले अखिलमा काम गर्ने, तर आफूलाई विप्लव अखिलको नेता भन्दै यातायात विभाग, वैदेशिक रोजगार विभागतिर चन्दा उठाउनमा  सक्रिय ।

टिप्पणीहरू